काठमाडौं । युभेन्ट्सले इटालियन सिरि ए फुटबलमा कीर्तिमानी उपाधि जितेको छ । आइतबार राति साम्पोडियालाई २–० गोल अन्तरले हराउँदै युभेन्ट्सले लगातार नवौं पटक लिग उपाधि जितको रेकर्ड बनाएको हो ।
३६ औं खेलमै उपाधि दिलाउने क्रममा घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डो र फेडेरिको बर्नार्डेस्कीले एक एक गोल गरे ।
खेल सकिन एक मिनेट अघि युभेन्ट्सले पाएको पेनाल्टीको अवसरलाई भने रोनाल्डोले गोलमा परिणत गर्न सकेनन् ।
युभेन्ट्सको ३६ खेलबाट ८३ अंक भएको छ । दोस्रो स्थानको इन्टरको ७६, तेस्रो स्थानको एटलान्टाको ७५ अंक रहेको छ ।
चौथो स्थानको लाजियोको ७५, एएस रोमाको ६४, एसी मिलानको ६० अंक छ ।