लिभरपुल, म्यान्चेस्टर सिटी, म्यान्चेस्टर युनाइटेड र चेल्सी च्याम्पियन्स लिगमा छनोट भएका छन् ।
लेस्टर र टोटनह्याम युरोपा लिगमा छानिएका छन् । पुछारका तीन टिम बर्नमाउथ, वाट्फोर्ड र नर्विच रेलिगेशनमा परेका छन् ।
लिभरपुलले ३० वर्षपछि लिग जित्यो । तर रेकर्ड जितेन । ७ खेलअघि नै उपाधि पक्का गरे पनि त्यसपछिका खेलमा उत्कृष्ट नखेल्दा ९९ अंकमा रोकियो । जबकि उसले म्यान्चेस्टर सिटीले बनाएको १०० अंकको रेकर्ड तोड्न सक्थ्यो ।