काठमाडौं । अमेरिकामा भएको जातीय विभेदविरुद्धको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । शनिबार भएको अहिलेसम्मकै तनावपूर्ण मध्येको दिन मानिएको छ । सियाटललगायतका शहरमा झडप भएको हो ।
यो प्रदर्शन पोर्टल्यान्डमा भएको प्रदर्शनलाई ऐक्यवद्धता जनाउन भएको हो । प्रहरीले ग्रेनेड र खुर्सानीको धुलो छर्केका थिए भने आन्दोलनकारीले आगो बाल्नुका साथै झ्यालका शिशाहरु तोडेका थिए ।
प्रदर्शनकै क्रममा टेक्सासमा एक जना प्रदर्शनकारीको मृत्यु भएको छ । झडपका क्रममा २१ जना सुरक्षाकर्मी घाइते भएका छन् । ४५ जना प्रदर्शनकारीहरु पक्राउ परेका छन् ।
अमेरिकामा अस्वेत नागरिक जर्ज फ्लोएड मृत्यु प्रकरणपछि प्रहरीको ज्यादती र जातीय विभेदविरुद्धका प्रदर्शनहरु अझै रोकिएका छैनन् ।
मारिने गाडी चालक हुन् । आन्दोलनकारीले आन्दोलन गरिरहेका बेलामा सवारी चलाएका थिए । उनलाई अस्पताल लगिए पनि बचाउन नसकिएको प्रहरीले बताएको छ ।
५० दिनभन्दा बढी समयदेखि जातीय विभेदविरुद्ध अमेरिकामा आन्दोलन चलिरहेको छ ।