arrow

कोरोनाबाट नेपालमा ४६ जनाको गयो ज्यान, ३८ वर्षीय युवकको मृत्यु

logo
प्रकाशित २०७७ साउन १२ सोमबार
corona-virus-awareness.jpg

काठमाडौं । नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४६ पुगेको छ । आइतबार कोरोना संक्रमित ३८ वर्षीय एक युवकको मृत्यु भएको छ । धनुषाको शहीदनगर–८ डुमरिया बस्ने ती युवक रुघाखोकी र ज्वरोबाट पीडित भएपछि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना भएका थिए ।

उनको अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लग्ने क्रममा सिराहामा मृत्यु भएको प्रादेशिक अस्पतालले जनाएको छ ।

ती युवकको आइतबार बिहान स्वाबको नमूना सङ्कलन गरिएको थियो । आइतबार साँझ रिपोर्ट पोजिटिभ आएको थियो । 

यसअघि नेपालमा ४५ जनाको ज्यान गइसकेको थियो । 

स्वास्थ्य मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार १८ हजार ६१३ जना कोरोना संक्रमित छन् । प्रदेश २ मा भने समुदायस्तरमै गइसकेको भन्दै चिन्ता गरिएको छ । 

वीरगञ्जमा झण्डै ५० हजारको समुदायमै पीसीआर परीक्षण गरिने बताइएको छ । सरकारले गत असार १५ गतेदेखि दैनिक १० हजारको पीसीआर परीक्षण गर्ने बताए पनि अहिलेसम्म कुनै एक दिन पनि १० हजारको संख्यामा परीक्षण भएको छैन । 



लोकप्रिय समाचार
नयाँ