काठमाडौं । पाकिस्तानको हिन्दू समुदायले हिन्दू किशोरीको अपहरण र धर्म परिवर्तन गराएको विषयमा अदालतविरुद्ध प्रदर्शन गरेका छन् ।
हालै एक हिन्दू किशोरी मेहक कुमारीलाई अपहरण गरि मुस्लिम बनाएर मुस्लिम केटासँग विवाह गराएको र उनको नाम परिवर्तन गराइएको अल्पसंख्यक हिन्दु समुदायले जनाएको छ । ति हिन्दु किशोरीको नाम परिवर्तन गराएर एलिजा रजा राखिएको उनका परिवारले जनाएका छन्। उनको मुद्दाको सुनुवाईपछि उनलाई सुरक्षासहितको आवासमा राखिएको छ ।
मेहक कुमारीको चार सन्तानका बाबु रहेका एक वर्षीय २८ पुरुषसँग विवाद गराइएको थियो । तर, उनको मुद्दाको सुनुवाईमा ढिलाइ भएको भन्दै हिन्दु समुदायले अदालतविरुद्ध सांगीतिक प्रदर्शन गरेको हो ।
उनको अपहरणविरुद्ध संगठित भएका अल्पसंख्यक हिन्दुहरुले पाकिस्तानका बिभिन्न ठाउँमा विरोध प्रदर्शनहरु गरेका छन् । सिन्ध प्रान्तमा आयोजित सांगीतिक प्रदर्शनमा सयौं हिन्दूहरु सहभागी भएका थिए ।
उक्त प्रदर्शनमा सहभागीहरुले १५ वर्षीया मेहकको मुद्दाको दोस्रो सुनुवाई चाँडै गर्नुपर्ने माग गरेका छन् ।