पाकिस्तानमा अल्पसंख्यकहरुको शताब्दिऔं पुराना चिहान भत्काइयो, घरहरुमा लगाइयो आगो
एजेन्सी,
प्रकाशित २०७७ साउन १२ सोमबार
58
Shares
काठमाडौं। पाकिस्तानमा क्रिश्चियनहरुका शताब्दिऔं पुराना चिहानहरु भत्काइएका छन् भने क्रिश्चियन समुदायका घरहरु भत्काउन थालिएका छन् ।
पञ्जाब प्रान्तको खानेवाल जिल्लामा रहेका क्रिश्चियनका घरहरु भत्काउन थालिएको मिडिया रिपोर्टहरुमा बताइएको छ । प्रधानमन्त्री इमरान खानको पार्टी तेहरिक-इ-इन्साफ (पीटीआई) सम्बन्धित राजनीतिज्ञहरुले पञ्जाबको खानेवालमा रहेका क्रिश्चियन समुदायका घरहरु भत्काउन थालेको हो ।
स्थानिय अल्पसंख्यक क्रिश्चियनहरुले जनाए अनुसार जफर इक्बाल नुनरीले नेतृत्व गरेको मुस्लिम समुहले खानेवाल जिल्लाको चक गाउँमा रहेका शताब्दिऔं पुराना चिहानहरु भत्काएको हो ।
मुस्लिम समुदायका नेताहरु जबरजस्ती ट्याकटरसहित क्रिश्चियनको चिहान भएका क्षेत्रमा प्रवेश गरि चिहानहरु भत्काउन सुरु गरेका थिए ।
त्यसैगरी उनीहरुले क्रिश्चियन समुदायको सम्पत्ति लुटपाट गर्ने गतिविधिसमेत गरिरहेका पिडितहरुको भनाई छ ।
धार्मिक विभेदका कारण आर्थिक अवस्थामा समेत ठूलो असर पुगेको छ । बहुसंख्यक रहेका मुस्लिम समुदायले अल्पसंख्यक क्रिश्चियन र हिन्दु सहित अन्य समुदायमाथिको आक्रमण र ज्यादतीलाई कायम राखेपछि उनीहरुको मानवअधिकारको चिन्ता विश्वव्यापी रुपमा हुन थालेको छ।
अल्पसंख्यकहरुमाथि आक्रमण गर्ने घर भत्काउने र किशोरी र महिलाहरुमाथि दुर्व्यवहार गर्ने र धर्म रुपान्तरण गरि जवर्जस्ती विवाह गराउने गतिविधी हुँदै आएको त्यहाँका पिडित अल्पसंख्यक समुदायका अगुवाहरुले बताउँदै आएका छन्।