arrow

भिडभाड रोक्न माग गर्दै सिडियोलाई ध्यानाकर्षण पत्र

logo
प्रकाशित २०७७ साउन १२ सोमबार
cdeo-bajura.JPG

डोटी । नागरिक समाज डोटीले प्रमुख जिल्ला अधिकारी  (सिडियो) तथा जिल्ला संकट व्यवस्थापन केन्द्रका संयोजक भीमप्रसाद भट्टराईलाई आइतबार ६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ ।

लकडाउन खुलेपछि सार्वजनिक यातायात र सार्वजनिक स्थानहरुमा भिडभाड बढेकोले नियन्त्रण गर्नु पर्ने माग राख्दै ध्यानाकर्षण पत्र बुझाइएको नागरिक समाज डोटीका संयोजक एवं नेपाल पत्रकार महासंघ, डोटी शाखाका अध्यक्ष योगेन्द्रबहादुर बलायरले जानकारी दिए । 

लकडाउन खुलेसंगै असावधानी बढेको देखिएकोले यसलाई नियन्त्रण गर्नका लागि स्थानीय प्रशासनको ध्यानाकर्षण गराएको बलायरले हाम्राकुरालाइ जानकारी दिए।

ध्यानाकर्षण पत्रमा सार्वजनिक स्थानहरुमा भइरहेको भौतिक दुरी विनाको भिडभाड रोक्नका लागि आवश्यक कदम चाल्नु पर्ने, सवारी साधनहरुमा सिट क्षमताको ५० प्रतिशतमात्रै यात्रु बोक्न पाउने गरी सरकारले गरेको व्यवस्था कडाइका साथ लागू गर्नुपर्ने, भाडा दर नियन्त्रण गर्नु पर्ने, यातायातका साधनहरुको पर्याप्त व्यवस्था गर्नु पर्ने, गाडी चालक, सहचालक र यात्रुहरुले कोरोनाबाट बच्ने सुरक्षाका उपायहरु जस्तै मास्क, सेनिटाइजर, पञ्जाको प्रयोग गर्नु पर्ने साथै एक पटक यात्रु ओसारि सकेपछि गाडीको अनिवार्य रुपमा निर्मलीकरण गर्नु पर्ने र कोरोनाको जोखिम न्यूनीकरणका लागि जिल्ला संकट व्यवस्थापन केन्द्रले प्रभावकारी रुपमा अनुगमन गर्नु पर्ने ध्यानाकर्षण पत्रमा माग राखिएको छ ।

ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी भट्टराईले आफूले यस विषयमा तत्काल सम्बन्धित सरोकारवालाहरुसँग समन्वय गरी निर्णय लिने बताए ।



लोकप्रिय समाचार
नयाँ