काठमाडौं । कोरोना भाइरसको संक्रमणको डरका कारणले ‘भिटामिन डी’ को कमीका बिरामी बढेको पाइएको छ ।
कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि विश्वका धेरैजसो मानिसहरु घरभित्रै रहने गरेका कारण भिटामिन डी को कमीका बिरामी भएका हुन् ।
घर बाहिर निस्कन मानिसलाई कम भएका कारणले गर्दा पनि यो रोग बढ्नेहरु बढी भएको विभिन्न सोध गरिरहेका संस्थाहरुको दावी छ ।
बाहिर घाममा समेत ननिस्कँदा भिटामिन डी को कमी भएको हो । बेलायतको नेशनल हेल्थ सर्भिसका अनुसार महामारीका क्रममा मानिसले हरेक दिन कम्तीमा १० माइक्रोग्राम भिटामिन लिनु जरुरी छ ।
त्यस्तै अल इन्डिया इस्टिच्युट अफ मेडिकल साइन्स एम्सको रुमेटोलोजी डिपार्टमेन्टमा कार्यरत डा उमा कुमारका अनुसार भिटामिन डी शरीरलाई प्रतिरोधात्मक क्षमता बढाउन सबैभन्दा अहम् मानिन्छ ।
यसले हड्डीलाई मजबुद बनाउँछ । त्यसो भन्दैमा यसलाई आफैले प्रयोग भने गर्न हुँदैन । चिकित्सकको सल्लाह बिना लिनु खतरनाक मानिन्छ ।
डा कुमारका अनुसार शरीरमा भिटामिन डीको मात्रा ज्यादा हुँदा भने क्याल्सियमको लेभल बढेर कार्डियाक डेथको खतरा हुन्छ । यसैले यस्तो सप्लिमेन्ट आफैले लिन नहुने उनको सुझाव छ ।
शरीरमा भिटामिन डीको पर्याप्त उपलब्धताबाट सामान्य रुघाखोकीसहित विभिन्न फ्लुबाट बचाउन सकिन्छ ।
भिटामिन डी किन जरुरी छ ?
–मजबूद दाँत र मांसपेशीका लागि ।
–यसको कमीले हड्डीहरु कमजोर हुने गर्छन् ।
–यसको कमीले बच्चालाई रिकेट्स नामक बिमारी हुन्छ ।
–यसको कमीले बयस्कलाई अस्टिमलेशा नामका बिमारी हुन्छ ।
–यसको कमीले इम्युनिटी क्षमता कमजोर हुन्छ ।
भिटामिन डी का स्रोतहरु
–घामको किरण ।
–माछा तथा अन्डा
–अनार
दूध र दही ।
विज्ञहरुले कोरोना र भिटामिन डीबीच कुनै सम्बन्ध नरहेको समेत प्रटाएका छन् ।