पोखरा । मनिपाल शिक्षण अस्पतालको मेडिकल वार्डमा कार्यरत चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको छ । मनिपाल कलेजमा एमडी पहिलो वर्षमा पढ्ने चिकित्सकमा संक्रमण देखिएको हो ।
उनी आइतबारसम्म बिरामीको जाँचमा खटिएका थिए । मनिपालको आवास र मेडिकल वार्डलाई स्यानिटाइज गर्ने र ती चिकित्सकको सम्पर्कमा आएका मानिसहरुलाई निगरानीमा राख्ने प्रयास भइरहेको छ । संक्रमण पुष्टि भएपछि उनलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसनमा राखिदैछ ।
अस्पतालमा पछिल्लो १० दिनयता भर्ना भएका र उपचाररत बिरामीसहित अन्य स्वास्थ्यकर्मीलाई समेत ट्रेसिङ गरी स्वाव संकलनको तयारी गरिदैछ । स्वास्थ्य कार्यालय कास्कीका प्रमुख बाबुराम आचार्यले १० दिन अघिसम्मका बिरामीको प्राइमरी ट्रेसिङ गर्ने जनाए ।