arrow

दानबहादुरलाई कुटेर मारे छोराले

logo
प्रकाशित २०७७ साउन १२ सोमबार
dead2.jpg

जुम्ला । कनकासुन्दरी गाउँपालिका–४ का ऐनबहादुर शाहीले आफ्नै बुबा ७५ वर्षीय दानबहादुरको हत्या गरेका छन् । बाहिर मदिरा सेवन गरी घर आएका ऐनबहादुरमाथि कुटपिट गरी बुबाको हत्या गरेको आरोप लगाइएको छ ।   

प्रहरी नायब उपरीक्षक लालबहादुर धामीका अनुसार छोरा ऐनबहादुरले आफ्नै बुबाको कुटपिट गरेर शनिबार राति हत्या गरेको बताए । छोरा ऐनबहादुरले मदिरा प्रयोग गरेर घटना गरेको प्रहरीले जनाएको छ । 

घटनापछि घाइते दानबहादुरलाई उपचारका लागि सदरमुकाम ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको र शव परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा ल्याइएको छ । 

छोरा ऐनबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको र सदरमुकाम ल्याउनलाई प्रहरी निरीक्षक देवराज भट्टराई  सहितको टोली कनकासुन्दरीको घटनास्थल चौकीमा गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 मृतकको टाउको, आँखा र कोखामा चोटपटक लागेको छ । मृतक नेपाल प्रहरीका निवृत्त सहायक निरीक्षक भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।   



लोकप्रिय समाचार
नयाँ