काबुल । अफगानिस्तानमा सोमबार थप १०६ मा कोभिड १९ को संक्रमण देखिएपछि कुल संक्रमिको संख्या ३६ हजार २६३ पुगेका यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
गत २४ घण्टामा ४७१ व्यक्ति कोरोना भाइरस परिक्षण गरिएको यसमा १०६ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको सो मन्त्रालयले जनाएको छ ।
आफगानिस्तानमा गत फेब्रुअरी महिनाबाट कोरोना भाइरसको प्रकोप देखिएको र सो समयबाट हालसम्म यस संक्रमणबाट १ हजार २६९ व्यक्तिको मृत्यु भईसकेको छ ।
संक्रमित व्यक्ति मध्ये २५ हजार १९८ जना निको भएर घर फर्किएका छन् ।