arrow

नातावाद हावी भएको भन्दै पूर्व गाविस उपाध्यक्षसहित एक दर्जन कार्यकर्ताले त्यागे नेकपा

logo
प्रकाशित २०७७ साउन १२ सोमबार
ncp-flag.jpg

बझाङ । बझाङको खप्तड छान्ना गाउँपालिका २ का पूर्व गाविस उपाध्यक्षसहित एक दर्जन व्यक्तिहरुले नेपाली कांग्रेसमा प्रबेश गरेका छन् । तत्कालिन नेकपा एमालेबाट सबिकको लामातोला गाविसमा निर्वाचित गाविस उपाध्यक्ष राम गिरी लगायत एक दर्जन भन्दा बढी नेकपाका सक्रिय कार्यकर्ताहरुले नेकपा परित्याग गर्दै नेपाली कांग्रेसमा प्रबेश गरेका हुन् । 

बर्तमान अबस्थामा नेकपाको स्थायी सरकार हुदा हुदै पनि जन अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै नेपाली कांग्रेसमा प्रबेश गरेको बताइएको छ । प्रबेश हुनेमा पूर्व गाविस उपाध्यक्ष  राम गिरी लगायत उनको सम्पुर्ण परिबार ,नेकपामा सक्रिय कार्यक्रर्ता गंगाराम गिरी, राम गिरी लगायत उनको सम्पुार्ण परिबार , खप्तड छान्ना गाउँपालिका ४का सोबिन्द्र रोकाया , युवक रोकाया लगायतका एक दर्जन भन्दा बढी रहेको नेपाली कांग्रेसका स्थानीय नेता मंगल सुनारले जानकारी दिए । नब आगन्तुकहरुले नेपाली कांग्रेसको नीति नियममा रही आगामी दिनमा सक्रिय भएर लाग्ने सफत समेत खाएको नेपाली कांग्रेसका स्थानीय नेता मंगल सुनारले जानकारी दिए ।   

प्रदेश तथा केन्द्र सरकारबाट आएका योजनाहरुमा नातावाद कृपाबाद तथा कमिसनको चलखेल गर्दै वास्तबिक ठाउँ भन्दा पनि आफन्तबादमा बढी केन्द्रित भएको भन्दै पाटी प्रबेश गरेको उनिहरुले बताएका छन् । चुनावका बेला जनताका अगाडी कोरा भाषण मात्र गरेको र सरकारमा पुगेपछि जनताका अगाडी गरेका बाचा पुरा नगरेको, पदमा पुगेपछि नातबाद कृपाबाद र भ्रष्टाचारमा लिप्त भएको उनिहरुको आरोप छ । 

नब आगन्तुकहरुलाई नेपाली कांग्रेसका नेता तथा गाउँपालिका अध्यक्ष बर्क बहादुर रोकायाले सदस्यता दिदै स्वागत गरेका छन् । यस अगाडी पनि उपाध्यक्षको गाउँबाट झण्डै दुई दर्जन भन्दा बढी नेकपाका कार्यकर्ता कांग्रेसमा प्रबेश गरेका थिए ।



लोकप्रिय समाचार
नयाँ