arrow

कोभिड-१९ : उपत्यकामा ६ सहित १३९ जना थपिए संक्रमित

logo
प्रकाशित २०७७ साउन १२ सोमबार
corona-test-nepalgunj.gif

काठमाडौँ । सोमबार १३९ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ ।  उपत्यकाका ६ सहित नेपालभर पछिल्लो २४ घन्टामा थप १३९ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको हो । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ललितपुरमा ३ र काठमाडौंमा ३ सहित देशभर १३९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।  

२४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको नमूना परीक्षणमा १३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै संक्रमितको संख्या १८ हजार ७५२ पुगेको छ । भने सक्रिय संक्रमितको सङ्ख्या ४ हजार ९५० पुगेको छ । साथै ६२६ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या १३ हजार ७५४ पुगेको छ । 

पाँचथर,भोजपुर, संखुवासभा, रसुवा, मनाङ  र मुस्ताङ कोरोना संक्रमण मुक्त भएको पनि उनले बताए । यसैगरी नेपालमा कोरोनाबाट संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको छ ।

 



लोकप्रिय समाचार
नयाँ