नेपालगन्ज । आन्तरिक राजस्व कार्यालय नेपालगन्जमा कार्यरत सुब्बामा पनि कोरोना पुष्टि भएको छ । प्युठान मल्लारानीका २९ वर्षीय ती पुरुषमा संक्रमण पुष्टि भएको हो ।
यसअघि त्यहाँ कार्यरत अधिकृतमा कोरोना देखिएपछि हिजो त्यहाँबाट ६४ जनाको स्वाब लिइएको थियो । अरुको रिपोर्ट आउन बाँकि छ ।
हिजो यातायात कार्यालयमा कार्यरत कम्प्युटर अपरेटर महिलामा पनि कोरोना पुष्टि भएको थियो ।त्यस्तै आजै बाँकेको राप्तीसोनारी गाउँपालिका ८ का एक पुरुष र महिलामा कोरोना संक्रमण फेला परेको छ। यो कोरोना संक्रमणले बाँकेमा कोरोना समुदायमा गएको प्रष्ट देखिन्छ।