धनुषा । धनुषाका कमला नगरपालिकाकामा ३८ वर्षिय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएपछि पुर्वी धनुषामा त्रास बढेको छ । कमला नगरपालिकाकाको टेरहामा घर भएका मृतक पुरुष शहिदनगर नगरपालिकाको डुमरियामा किराना, हार्डवेयर र खाद्यको समेत व्यापार गर्दै आएका थिए ।
मृतकको साविक घर टेरहामै उनको परिवारका सवै सदस्यलाइ होम क्वारेन्टाइनमा राखिएको छ । मुटु र ब्लडप्रेसरका रोगी समेत रहेका मृतक यस बिचमा समेत परिवारजनलाई जानकारी नगराई सिमापारी गएको प्रहरी स्रोतले जानकारी दिएको छ । पसलका समान लिन उनी भारततर्फ लकडाउनको समयमा कयौ पटक गएका थिए ।
उनको भेन्टिलेटरको अभावकै कारण मृत्यु भएको परिवारजनले आरोप लगाएको छ । परिवाराका एक व्यक्तिले भने,'मुटु रोगीलाई तुरन्त भेन्टिलेटर आवयश्क हुन्छ तर अस्पतालमा खाली नभएकाले धरान रिफर गरिएपनि बचाउन सकिएन ।'
मृतकले चलाउदै आएको डुमरिया पसल र संगैको नाथपट्टीलाई शिल गरि ट्रेसिङ्गको काम भइरहेको कमला नगरपालिका का मेयर उदय वरवरियाले जानकारी दिए। डुमरियाचौकको सवै गरि डुमरियाका सवै परिवारको एकजना सक्रिय सदस्यको पहिला परिक्षणको तयारी भइरहेको र रिपोर्ट अनुसार थप रणनिति बनाइने तयारी रहेको मेयर वरवरियाले बताए ।
शहिदनगर नगरपालिकामा १९ गतेसम्म स्वास्थ्य सेवा र बैंकिङ्ग सेवासहित अतिआवयश्क वाहेकका सवै सेवा बन्द गर्ने निर्णय समेत गरेका छन् ।