arrow

तीनघरे हिँडेकी बालिका हराइन्

logo
प्रकाशित २०७७ साउन १२ सोमबार
missing.jpg

इलाम । माई नगरपालिकाकी एक बालिका १५ दिनदेखि बेपत्ता भएकी छन् । झापाको विर्तामोडमा मामामाइजूसँग बस्दै आएकी १६ वर्षीया अनस्का राई नामकी बालिका बेपत्ता भएकी हुन् । 

गत असार २९ गतेबाट इलामको तीनघरे हिँडेकी बालिका बेपत्ता बनेकीले खोजी गरिदिन सबैतिर आग्रह गरिएको बालिकाका मामा दिलीप राईले जानकारी दिए । 

परिवारको सम्पर्कमा नआएपछि आफन्तको तिर पनि खोजी गरिएको र फेला पार्न नसकिएको राईले बताए । बालिका झापाको ब्राइट इङ्गलिस विद्यालयमा कक्षा १० मा अध्ययन गर्दै रहेकी थिइन् । 



लोकप्रिय समाचार
नयाँ