प्राचिन वौद्ध सम्पदाभित्र वडा कार्यालय निर्माणको विरोधमा उत्रियो तरुण दल
प्रकाशित २०७७ साउन १२ सोमबार
74
Shares
रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको अनियमितता र वेथितिविरुद्ध नेपाल तरुण दलले विरोध प्रदर्शन गरेको छ । तिलोत्तमा नगरपालिकाले प्राचिन वौद्ध सम्पदा भित्र पर्ने पोखरीमा वडा कार्यालय निर्माण गरेको विरोधमा तरुण दल तिलोत्तमा नगर समिति, रुपन्देहीले सोमबार प्रदर्शन गरेको हो ।
मणिग्राम चोक सोमवार विहान १० बजे भएको विरोध प्रदर्शनमा पुरातात्विक, सांस्कृतिक सम्पदा मास्न नपाइने भन्दै ऐतिहासिक प्राचिन बुद्धकालिन पोखरी संरक्षण गर्न माग गरेका थिए ।
सहभागिहरुले ९ करोड ४० लाख ४३ हजार बेरुजु रकम खोइ ?, ऐन र कानुन विपरितका नियुक्ति खारेज गर ! सार्वजनिक जग्गा संरक्षण गर !, बुद्धको मुर्ति फोड्ने अपराधी खोइ ?, सडकका रुख काट्ने अपराधी खोइ ? जस्ता नारा लगाएका थिए ।
प्राचिन सम्पदाहरुलाई संरक्षण एवं प्रर्वद्धन गर्ने जिम्मेवारी पाएको नगरपालिकाले एकलौटी दवदवाले भवन निर्माण कार्य शुरु गरेको छ। भगवान वुद्धको मावली क्षेत्र भित्र पर्ने तिलोत्तमा नगरपालिका वडा नं ११ मद्रानीमा एउटा छुट्टै इतिहास बोकेको कुमारवर्ती मन्दिर रहेको छ।