काठमाडौं । भारतमा लगातार चौथो दिन ५० हजारको हाराहारीमा कोरोना भाइरसका संक्रमितहरु थपिँदै गइरहेकामा सोमबार भने कम संक्रमित भेटिएका छन् । सोमबार ४६ हजार ४८४ जनालाई संक्रमण भएको छ ।
आइतबार ४८ हजार ९३२ जना संक्रमित थपिएका थिए । शनिबार ४८ हजार ४७९ जना, शुक्रबार ४८ हजार ८९२ तथा बिहीबार ४८ हजार ४४६ जना संक्रमित थपिएका थिए ।
अहिलेसम्म भारतमा कोरोना भाइरस संक्रमित १४ लाख ८२ हजार ५०३ जना पुगेका छन् । मृतक ३३ हजार ४४८ पुगेका छन् । सोमबार ६३६ जनाको ज्यान गएको छ । आइतबार ७०४ जनाको ज्यान गएको थियो ।
हाल ४ लाख ९५ हजार ४४३ जना सक्रिय संक्रमित रहेका छन् । सोमबार ३४ हजार ४४४ जनालाई निको भएको छ । यो अहिलेसम्मकै एकै दिनको उच्च हो । आइतबार ३१ हजार ५०२ लाई निको भएको थियो । हालसम्म ९ लाख ५३ हजार १८९ जनालाई निको भइसकेको छ ।