arrow

पंचायत छोडेर सूर्यबहादुर कांग्रेसमा आउँदा बीपीले पनि स्वागत गर्नुहुन्थ्यो – डा शशांक कोइराला

नेकपाका संखुवासभा सदस्य राजन कोइराला र तेण्डी शेर्पा लगायत १० जना नेपाली कांग्रेसमा प्रवेश

logo
प्रकाशित २०७७ साउन १३ मंगलबार
sashank-congress.jpg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका संखुवासभा सदस्य राजन कोइराला र तेण्डी शेर्पा लगायत १० जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् । 

कोइराला निवासमा भएको एक कार्यक्रममा महामन्त्री कोइरालाले उनीहरुलाई पार्टी सदस्यता प्रदान गरे । सो अवसरमा बोल्दै महामन्त्री कोइरालाले कांग्रेसको आर्दश र सिद्धान्त स्वीकार गर्ने सबैलाई कांग्रेसको ढोका खुला रहेको बताए । 

सुनिल थापालाई सहमहामन्त्री दिएर कांग्रेसमा ल्याउने सन्दर्भमा महामन्त्री कोइरालाले भने, ‘पञ्चायत छाडेर सुर्यबहादुर थापा नै कांग्रेसमा आउँदा बीपीले पनि पार्टीमा स्वागत गर्नुहुन्थ्यो’ ।  

राष्ट्रियता, प्रजातन्त्र र समाजवाद मान्ने सबै नेपाली कांग्रेस हुन सक्ने उनको भनाई थियो ।



लोकप्रिय समाचार
नयाँ