काठमाडौं। पूर्व अर्थराज्यमन्त्री एवं नेपाली कांग्रेसका नेता उदयशम्शेर राणाले नेपाल भारतबीचको सम्बन्धलाई राजनीतिक खिचातानीले बिगार्न नसक्ने बताएका छन्। नेपाल र भारतबीचको सम्बन्ध राजनीतिक रुपमा नभएर भावानात्मक एवं पारिवारीक रुपमा रहेको उल्लेख गर्दै राणाले यसलाई राजनीतिक स्वार्थले विगार्न नसक्ने बताएका हुन्।
राणाले नेपाल भारतबीच युवा एवं नागरिकहरुको सम्बन्धलाई राजनीतिक खिचातानीले असहज पारिरहेको समेत बताए। नेपाल भारत सहयोग विषयमा भएको वेबनारमा बोल्दै नेता राणाले दुई देशबीचको सम्बन्धलाई राजनीतिकस्तरबाट माथि राखेर हेर्नुपर्ने बताए।
जवाहरलाल नेहरु विश्वविद्यालयका प्रोफेसर एसडी मुनीले नेपाल र भारतबीचको सम्बन्धले क्षेत्रीय शक्ति सन्तुलन, स्थानीय राजनीति एवं भारतको पूर्वीविदेश नीति र विदेशी हस्तक्षेपलाई असर पार्ने बताएका छन्। पण्डित दीन दयाल उपाध्याय अनुसन्धान केन्द्र, माहात्मा गान्धी विद्यापीठ, वराणयसी र राष्ट्रिय सेवा योजनाले वेबनारको सहकार्य गरेको थियो।
कार्यक्रममा कांग्रेस सांसद तथा केन्द्रीय सदस्य अभिषेक प्रताप शाहले नेपाल भारतबीचको संयुक्त सहकार्यमा प्रविधि र मेडिसिन क्षेत्रमा ठूलो उपब्धि हासिल गर्न सकिने बताए। क्षेत्रिय समावेशिकरणका लागि नेपाल भारतबीचको सम्बन्ध अत्यावश्यक रहेको उनले बताए।
वेबइनारको अध्यक्षता गरेका माहात्मा गान्धी कासी विद्यापीठ वाराणसीका कुलपति प्रोफेसर टीएन सिंहले इन्डो नेपाल सम्बन्ध सांस्कृतिक एवं मैत्रिक भएको र यसले आर्थिक एवं राजनीतिक समस्याहरुलाई हल गर्न सक्ने बताएका छन्।
राष्ट्रिय सेवा योजनाका सह संयोजक एवं माहात्मा गान्धि कासी विद्यापीठ वाराणसीका अध्यक्ष डा कृष्ण कुमार सिंहले नेपाल भारतको सम्बन्धले लाखौं मानिसलाई प्रभावित बनाएको बताए। दुई देशबीचको सम्बन्धले सांस्कृतिक एवं सामाजिक पक्षमा मात्रै नभइ आर्थिक एवं अन्य विकासका पक्षहरुलाई समेत भारत नेपालको सम्बन्धले असर पार्ने उनले बताए। नेपाल भारतले जस्तो सुकै कठिन परिस्थितीमा पनि एक आपसमा सहयोग गर्ने उनले बताएका छन्।
वेबइनार कार्यक्रममा इन्डो नेपाल सम्बन्ध विद् डा मनोहर लालको सहभागिता समेत रहेको थियो। त्यस्तै डा जयाकुमारी आर्यन, डा चन्द्रशेखर सिंह, डा अभदेश सिंह, डा मोनिका सरोज, डा उर्जास्भिता सिंह,डा ससिकान्त भर्मा, डा नन्दीनी सिंह, डा सतिहस कुसवाहा, डा अर्चना गौस्वामी, डा सुमन ओझा, डा उमेस कुमार सिंह, डा अभिना कुमार सिंहलगायतको उपस्थिती रहेको थियो।