arrow

'ईनफ इज ईनफ' का सत्याग्रहीहरुको माग तत्काल पुरा गर्न कांग्रेसको माग, ११ दिनदेखि सत्याग्रह जारी

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ साउन १३ मंगलबार
enough-is-enough-congress1.jpg

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारी फैलिँदै गइरहेको अवस्थामा सरकारले चालेको कदम अपुग भएको भन्दै दोस्रो चरणको सत्याग्रहमा बसेका ‘इनफ इज इनफ’ को आन्दोलनमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले ऐक्यवद्धता जनाएको छ । 

संसददेखि सडकबाट कांग्रेसले कोरोना परीक्षण र व्यवस्थापनमा सरकार कमजोर देखिएको आरोप लगाउँदै थप सशक्त बन्न गत चैतदेखि नै सरकारलाई झक्झकाउँदै आएको छ । 

उक्त सन्दर्भमा ‘इनफ इज इनफ’ समूहले स्वतस्फूर्त रुपले पहिलो चरणको आमरण अनसन गर्दा प्रधानमन्त्री केपी शर्मा ओली आफै अस्पताल पुगेर अनसन छाडेर सहयोग गर्न अपिल गरेसँगै सोही अनुसारको सम्झौता भएपछि उनीहरुले सत्याग्रह त्यागेका थिए । 

तर सरकारले सम्झौतामा कुनै चासो नदेखाएपछि वाध्य भएर फेरि सत्याग्रहमा बसेका छन् । विगत ११ दिनदेखि जारी सत्याग्रहमा कांग्रेसले ऐक्यवद्धता जनाएको हो । मंगलवार दिउँसो कांग्रेसका दर्जनौ नेता कार्यकर्ताहरु वसन्तपुर पुगेर सत्याग्रहप्रति ऐक्यबद्धता जनाए। सोमबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मासहितका नेताहरु बसन्तपुर पुगेर सत्याग्रहमा ऐक्यवद्धता जनाएका थिए । 

कांग्रेसले सुरुदेखि नै कोरोनामा सरकारलाई ध्यान दिन आग्रह गर्दागर्दै पनि बेवास्ता गरेको आरोप लगाउँदै इनफ इज इनफको सत्याग्रहमा ऐक्यवद्धता जनाउन पुगेको कांग्रेसका नेता कार्यकर्ताहरुले बताए । आफूहरुको मागमा ईनफको पनि विचार मिलेको भन्दै सरकारलाई ईनफका सम्पूर्ण माग पूरा गर्न पनि कांग्रेसले भनेको छ । 

इनफ इज इनफको आन्दोलनमा ऐक्यवद्धता जनाउन नेपाली कांग्रेसका नेताहरु बसन्तपुर पुगेका हुन् ।कांग्रेस नेता तथा पूर्व मन्त्री उदयशमशेर जबराका अनुसार जबरासहित पूर्व महामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य नविन्द्रराज जोशी, संविधानसभा सदस्य रामहरी खतिवडा, प्रदेश सांसद जीवन डंगोल, काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी, नेबिसंघका पूर्व अध्यक्ष नैनसिंह महर सहितका नेता तथा कार्यकर्ताहरु बसन्तपुर पुगेर सत्याग्रहप्रति ऐक्यवद्धता जनाएका हुन् ।

ऐक्यबद्धता जनाउन पुगेका कांग्रेस नेता प्रकाशमान सिंहले जनताको स्वास्थ्यमा ध्यान पुर्‍याउनुपर्ने सरकार नागरिक अभियन्ताहरुसँग सहमति गरेर पनि ढाट्ने कार्य नसुहाउने बताउँछन् । उनले सत्याग्रहीहरुको माग तत्काल पुरा गर्न माग गरेका छन् ।    

कोभिड १९ रोकथाममा सरकारका कदमहरू अपर्याप्त भएपछि सरकारको ध्यानाकर्षणका निम्ति ‘इनफ इज इनफ’ अभियानका अभियन्ताद्वय ईः र पुकार बमको १२ दिनको आमरण अनसनपछि सरकारसँग असार २३ गते भएको १२ बुँदे सम्झौता कार्यान्वयन गराउन फेरि अभियानका अभियन्ताहरु सत्याग्रहमा बसेको ११ दिन भइसकेको छ । 

सरकारले एक हप्तामा पूरा गर्ने भनिएको मागहरू तीन हप्ता हुँदै गर्दा पनि पूरा नगरिएपछि सरकारको विश्वसनीयतामाथि नै प्रश्न उठाउँदै तथा सहमति कार्यान्वयनको माग गर्दै अभियन्ताहरु फेरि आमरण अनशनमा बसेका हुन् । 

सम्झौता गरेर पनि माग पूरा नगरेपछि सरकारलाई थप दवाव दिन अभियन्ता ईः र समाइरा श्रेष्ठले वसन्तपुर दरबार क्षेत्रमा २०७७ साउन ३ गतेबाट पानी र खाना बिना सत्याग्रह जारी राखेका छन् । 



लोकप्रिय समाचार
नयाँ