arrow

भयावह बन्दै संक्रमण, राजधानीमा ४८ सहित ३ सय ११ थपिए संक्रमित

logo
प्रकाशित २०७७ साउन १३ मंगलबार
corona-test-kit.jpg

काठमाडौं । नेपालमा कोरोना (कोभिड- १९) संक्रमणको अवस्था भयावह बन्दै गएको छ । मंगलबार मात्रै ३ सय ११ जनामा कोभिड- १९ को संक्रमण देखिएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १९ हजार ६३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।  

डा. गौतमका अनुसार थपिएका संक्रमित मध्ये उपत्यकामा मात्रै ५३ जना रहेका छन् । राजधानी काठमाडौंमा ४८, ललितपुरमा ४ र भक्तपुरमा १ गरी उपत्यकामा ५३ जना नयाँ संक्रमित थपिएका हुन् ।  ५ हजार १ सय ३९ जना सक्रिय संक्रमित रहेका बताइएको छ ।

 काठमाडौंमा  थपिएका संक्रमित प्रहरी अस्पताल प्रयोगशालामा २१, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा ११, स्टार अस्पतालमा ६, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा ९, शिक्षण अस्पतालमा १ रहेका छन् ।

साथै संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । बझाङको बुङ्गल नगरपालिका ३ का ६५ वर्षीय पुरुषको  ९ गते ज्यान गएको डा. गौतमले बताए । मृत्युभएका पुरुष असार १४ गते भारतको बैङ्ग्लोरबाट बझाङ फर्किएका थिए । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ४९ पुगेको छ ।

अस्पतालबाट डिस्चार्ज हुने कोरोना संक्रमितको संख्या भने १३ हजार ८७५ पुगेको छ । 



लोकप्रिय समाचार
नयाँ