काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट अमेरिका र ब्रजिल अझै सुधारिन सकेका छैनन् । अमेरिकामा मंगलबार ६४ हजार २५१ जना संक्रमित थपिएका छन् । हालसम्म संक्रमित ४४ लाख ९७ हजार ८६५ पुगेका छन् ।
मृतक १ हजार २१० थपिएका छन् । कुल मृत्यु १ लाख ५२ हजार २८५ पुगेको छ । सोमबार ६१ हजार ७७५ संक्रमित थपिँदा ५९६ जनाको ज्यान गएको थियो ।
दोस्रो स्थानको ब्रजिलमा सोमबार २३ हजार ५७९ जना संक्रमित थपिएकामा मंगलबार ४१ हजार १६९ जना थपिए । कुल संक्रमित २४ लाख ८४ हजार ६४९ पुगेका छन् । मृतक ९५५ थपिएर ८८ हजार ६३४ पुगेका छन् ।
तेस्रो भारतमा ४९ हजार ६३२ संक्रमित थपिएर १५ लाख ३२ हजार १३५ जना पुगेका छन् । मृतक ७७० थपिएर ३४ हजार २२४ पुगेका छन् ।
चौथो रुसमा ५ हजार ३९५ जना संक्रमित थपिएर ८ लाख २३ हजार ५१५ पुगेका छन् । मृतक १५० थपिएर १३ हजार ५०४ पुगेका छन् ।
पाँचौं स्थानको दक्षिण अफ्रिकामा ७ हजार २३२ संक्रमित थपिएर ४ लाख ५९ हजार ७६१ जना पुगेका छन् । १९० मृतक थपिएर ७ हजार २५७ जना पुगेका छन् ।
छैटौं स्थानको मेक्सिकोमा ४ हजार ९७३ संक्रमित थपिएर ३ लाख ९५ हजार ४८९ पुगेका छन् । मृतक ३४२ थपिएर ४४ हजार २२ पुगेका छन् ।
सातौं स्थानको पेरुमा ५ हजार २८८ जना संक्रमित थपिएर ३ लाख ९५ हजार ५ जना पुगेका छन् । मृतक १९४ जना थपिएर १८ हजार ६१२ पुगेका छन् ।
आठौं चिलीमा १ हजार ८७७ संक्रमित थपिएर ३ लाख ४९ हजार ८०० पुगेका छन् । मृतक ५३ थपिएर ९ हजार २४० पुगेका छन् ।
नवौं स्पेनमा १ हजार ८२८ संक्रमित थपिएर ३ लाख २७ हजार ६९० पुगेका छन् । मृतक २ थपिएर २८ हजार ४३६ पुगेका छन् ।
दशौं बेलायतमा ५८१ संक्रमित थपिएर ३ लाख ६९२ पुगेका छन् । मृतक ११९ थपिएर ४५ हजार ८७८ पुगेका छन् ।