काठमाडौं । संचारकर्मी तथा गायिका ईश्वरी बरालको ‘हरेक रात सपनीमा हुन्छु तिम्रै रानी’ बोलको लोक आधुनिक गीत सार्वजनिक भएको छ ।
गीतकार क्षितिज समर्पणको शब्द र सङ्गीतकार राजकुमार शाहीको सङ्गीत संयोजन रहेको सो गीत एक्का कम्पनीको युट्युब च्यानलमार्फत मङ्गलबार सार्वजनिक गरिएको छ ।
सञ्जय हमालले एरेन्ज गरेको उक्त गीतको सम्पादन पनि राजकुमारले नै गरेका हुन् ।
डान्सिङ विधाको गीत युवायुवतीको मायाप्रेममा आधारित छ ।
गायिका बराल, रचनाकार क्षितिज समर्पण र सङ्गीतकार शाही पत्रकारिता क्षेत्रमा सक्रिय छन् । बरालले यसअघि ‘लभ पर्न सक्छ’ बोलको गीतमा स्वर दिएकी थिइन् ।
यसपालि उनले प्रिये आउ मलाई लैजाउ तानितानी भन्दै सम्झिएर बिपनीमा भैछु पानीपानी भन्दै जल्न तयार रहेको बताएकी छिन् ।