काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले नारायणी, कर्णाली, महाकालीका केही साना नदीमा बहाव खतरा आसपास पुग्न सक्ने भन्दै सचेत गराएको छ ।
कन्काई, पश्चिमराप्ती, बबई, तिनाउ, बाणगंगा, मोहना–खुट्टिया,चौधरमा आकस्मिक बहाव भई खतरा तह आसपाससम्म पुग्न सक्ने भन्दै सतर्क रहन आग्रह गरिएको छ ।
त्यहाँको तटिय क्षेत्रमा उच्च सतर्कता अपनाउन पनि महाशााखाले आग्रह गरेको छ । देशका विभिन्न स्थानमा खतरा रहेको जनाएको महाशाखाले जनाएको छ ।
केही दिनसम्म मनसुनको दोस्रो चरण अन्तर्गत भारी वर्षा भइरहँदा बाढी पूर्वानुमान महाखाशाले विभिन्न स्थानमा खतरा रहेको भन्दै सचेतना अपनाउन आग्रह गरेको छ ।
महाशाखाका अनुसार दैलेख, सुर्खेत र आसपास रातभर भारी वर्षा भएको तथा हाल लोहोरे खोला तल्लोटुङ्गेश्वर, दैलेख बाढी मापन केन्द्र दैलेखमा जलसतह सतर्कता तह पार गरेको र बढ्दो रहेको सुर्खेत, दैलेख र आसपास भइ बहने साना नदीमा आकस्मिक बाढीको सम्भावना रहेकाले तटीय क्षेत्रमा सतर्क रहन आग्रह गरेको छ ।
त्यस्तै सुदुरपश्चिमका कैलाली, कन्चनपुर, डडेलधुरा, डोटी, अछाम जिल्लाहरु र प्रदेश २ का महोत्तरी, धनुषा र सप्तरी जिल्लाहरुमा मेघ गर्जन, चट्टयाङसहित मध्यमदेखि भारी बर्षा तथा अन्य भूभागको केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भैरहेको जनाइएको छ ।