काठमाडौं । गर्भमा पनि कोरोना भाइरसको संक्रमण पुगेको छ । भारतस्थित पुणेको ससून जनरल अस्पतालले महिलाको गर्भमा रहेको बच्चामा कोरोना भाइरस पुगेको दावी गरेको हो ।
पुणेको बीजे मेडिकल कलेज अन्तर्गतको उक्त ससून अस्पतालमा भर्ती भएकी एक गर्भवती महिलालाई डेलिभरी हुनु एक महिना अगाडि रुघा लागेको थियो । डेलिभरीपछि जन्मिएकी बच्चीमा कोरोना भाइरस रहेको पाइयो ।
मेडिकल टर्ममा यसलाई भर्टिकल ट्रान्समिसन भनिन्छ । उपचारपछि दुवै आमा–छोरी स्वस्थ्य रहेका छन् । केही हप्ता अगाडिको घटना अहिले सार्वजनिक भएको हो । हाल आमा–छोरी अस्पतालबाट डिस्चार्जसमेत भएका छन् ।
अस्पतालका अनुसार बच्चालाई प्लेसेन्टाको माध्यमबाट संक्रमण भएको थियो । भारतमा भर्टिकल ट्रान्समिसनको पहिलो घटना हो ।
यदि आमा संक्रमित भए कोरोनाको भाइरस गर्भनालबाट प्लेसेन्टामा पुग्ने गर्छ ।