दोलखा । दोलखाको भीमेश्वर नगरपालिका ५ स्थित बिसन्टोलमा नेपाल कम्युनिष्ट पार्टीनै रित्तिने गरि ठूलो संख्यामा युवाहरु नेकपा छोडेर कांग्रेस प्रवेश गरेका छन् ।
भीमेश्वर ५ का वडाअध्यक्ष सहित स्थानीय जनप्रतिनिधिहरुको मनपरि हद भन्दा माथि भएको भन्दै कांग्रेस प्रवेश गरेको यूवाहरुले जनाएका छन् ।
चरिकोटस्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा आयोजित एक समारोहमा बिसन्टोलका मात्रै ३ दर्जन युवाहरु कांग्रेसमा प्रवेश गरेका हुन् ।
दोलखा कांग्रेसका सभापती रुद्र बहादुर खड्का सहितका जिल्ला नेताहरु उद्धब काफ्ले, ईश्वर मानन्धर लगाएतका नेताहरुले युवाहरुलाई पार्टी प्रबेश गराएका हुन् ।
प्रबेश गर्ने युवाहरुमा सन्जय बस्नेत, मोहन कार्की, अरुण कुमार कार्की, बिजय बस्नेत, कमल बस्नेत, रुसन बस्नेत, मनोज बस्नेत, प्रजव्ल बस्नेत, प्रदिप बस्नेत, सपन बस्नेत, शरण बस्नेत, निरज बस्नेत, रमेश बस्नेत, दिपेन्द्र बस्नेत, बिशाल बस्नेत, निरज श्रेष्ठ, प्रकाश श्रेष्ठ, बिपिन थापा, राजेश श्रेष्ठ, प्रकाश कुँवर, अजय बस्नेत , जीवन बस्नेत, सुनिल श्रेष्ठ, सन्तोष बस्नेत, कान्छी श्रेष्ठ लगाएत छन्।
नेपाली कांग्रेसका नेता एवं भीनपा ५ का वडा अध्यक्ष उम्मेद्धार नारायण ठकुरीले बर्तमान वडा समितिले गरेको मनपरि विरुद्ध कांग्रेस शसक्त भएर प्रतिबाद गर्दै जनताको हितमा काम गर्न निरन्तर खबरदारी गर्ने भन्दै नवप्रबेशीलाई स्वागत गरेका छन् ।