काठमाडौं। गृह मन्त्रालयमा सूचनाको हकको निवेदन दर्ता गर्न गएका ईनफ ईज ईनफ अभियानका अभियन्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा पुकार बम, प्रमेश श्रेष्ठ, समुद्र केसी लगायत रहेका छन् ।
प्रहरीले पक्राउ गरेका अभियन्ताहरुलाई महेन्द्र पुलिस क्लबमा राखेको छ। पक्राउ परेका अभियन्ताहरूले सोहि स्थानबाट अनसनको घोषणा गरेका छन् । पक्राउ परेकाहरुको मोवाइल पनि प्रहरीले नै लिएको छ ।
सूचनाको हकको अभियन्ताहरुलाई पक्राउ गरिएकोमा सूचनाका हकका अभियन्ताहरुले बिरोध जनाएका छन् । नेपाल पत्रकार महासंघका पूर्व सभापति तथा सूचनाको हकका अभियन्ता धर्मेन्द्र झाले निवेदन दर्ता गर्न गएका अभियन्ताहरुलाई पक्राउ गरेर सरकारले घोर अधिनायकवादी चरित्र देखाएको बताए।
हाम्राकुरासँग कुरा गर्दै झाले सूचनाको हक माग्न गएकाहरुलाई पक्रेर संविधानको धारा २७ र मौलिक हकको प्रचलनमा राज्यले वाधा सिर्जना गरेको बताए । उनले भने, 'यो पक्राउ प्रकरणले सरकारको चरित्र थप उदाङगो भएको छ।'