भारत । फ्रान्सेली अत्याधुनिक रफाल लडाकू बिमानको एक खेप भारत आइपेगेको छ । पहिलो चरणमा पाँच वटा लडाकू बिमान बुधबार हरियाणाको अम्बालास्थित एयरबेसमा अवतरण गरेका छन् ।भारतले खरिद गर्न लागेका विमानलाई भारतीय वायुसेनामा समाहित गर्ने कार्यक्रम छ ।
ती लडाकू बिमानहरु फ्रान्सको मेरिगन्याक हवाई अड्डाबाट उडेका थिए । विमानलाईबीचमा एक पटक मात्र यूएईमा रोकिएको थियो । ती बिमान भारतीय वायुसेवाको क्षमता विकासमा रफाल बिमानको सहभागिताले महत्वपूर्ण योगदान गर्ने बताइएको छ ।
फ्रान्सेली बिमानमा सात जना भारतीय पाइलटको समूह समेत सहभागी छ । उनीहरुलाई फ्रान्सस्थित डासल्ट एभिएसन कम्पनीमा तालिम समेत दिइएको थियो ।
भारतले सन् २०१६ मा गरेको अहिलेसम्मकै सबैभन्दा ठूलो प्रतिरक्षा खरिदमा रफाल लडाकू बिमान समावेश थियो । निकै विवादबीच भारतको मोदी सरकारले ६० हजार करोड भारतीय रुपैयाँमा फ्रान्सबाट ३६ वटा लडाकू बिमान खरिद गरेको हो । नयाँ लडाकू बिमान जुलाई २९ का दिन भारतको अम्बाला आइपुग्ने छन् ।
लामो दूरीका मिटिओर हवाई क्षेप्यास्त्र र स्काल्प जडित यी बिमानले पाकिस्तान र चीनका विभिन्न स्थानमा अचुक निशाना लगाउन सक्ने विश्वास गरिएको छ ।