विराटनगर । प्रदेश नं १ मा बुधबार नौ जना कोरोना संक्रमित देखिएका छन् । प्रदेशभरिमा बुधबार ८६९ जनाको पिसिआर परीक्षण भएको थियो । थपिएका संक्रमितमा मोरङका आठ र सुनसरीका एक जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
संक्रमितमा विराटनगरका तीन पुरुष, एक महिला, मिक्लाजुङमा दुई पुरुष, सुनवर्षीमा एक पुरुष, रङ्गेलीमा एक महिला र सुनसरीको धरानमा एक पुरुषको कोरोना रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा सुरेश मेहताले बताए ।
यस प्रदेशमा कोरोना संक्रमितको सङ्ख्या ९७५ पुगेको छ । प्रदेशमा बुधबारसम्म ४१ हजार ७१० जनाको पिसिआर परीक्षण गरिएको छ । यस्तै प्रदेश नं– १ को राजधानी विराटनगर महानगरपालिकामा मङगलबार १६ जनामा संक्रमण दखिएको थियो भने प्रदेशभरि गरी २१ जनामा संक्रमण देखिएको थियो ।
सामाजिक विकास मन्त्रालयकाअनुसार संक्रमण देखिनेमा मोरङमा १७, झापामा तीन र ओखलढुङ्गामा एक जनामा संक्रमण पोजेटिभ देखिएको थियो ।
विराटनगरमा पाँच महिलासहित १६, कटहरीमा एक महिला, झापाको झापा गाउँपालिकामा दुई , विर्तामोडमा एक, ओखलढुङ्गा जिल्लाको सिद्धिचरणमा एक जनाको पिसिआर रिपोर्ट पोजेटिभ देखिएसँगै सरकारले यसबाट बच्न र बचाउन आम नागरिकलाई स्वास्थ्य आचारसंहिता पालना गर्न, सामाजिक दूरी कायम राख्न र आवश्यक परे मात्र घर बाहिर जान, भीडभाडमा नजान अपिल पनि गरेको छ ।