काठमाडौं । मनसुन सक्रिय हुँदा पूर्व र पश्चिममा बढी नै खतरा भइरहेको बताइएको छ । ३ देखि ६ घण्टामा झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्साको भारतीय सीमा आसपास र कैलाली कञ्चनपुरमा मध्यम बर्षा भईरहेको नेपाल बाढी सूचनाले जनाएको छ ।
यो वर्षा अझै थप हुने रहेकाले तटिय क्षेत्र र डुबान भईरहने होचा स्थानमा सतर्क रहन समेत आग्रह गरेको छ ।
मनसुनी गतिविधि अझै केही दिन कायम रहने भएको छ । गत सोमबार रातिबाट सक्रिय रहेको मनसुन शुक्रबारसम्म कायम रहने मौसमविद्हरुले बताएका छन् ।
मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहेका हुनाले पुनः मनसुन सक्रिय भएको हो । सोमबारदेखि नेपालमा मनसुन सक्रिय भई देशाका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै केही स्थानमा भारी वर्षा भइरहेको छ ।
मनसुन सक्रिय भएसँगै ती स्थानमा नदीमा पानीको बहाव बढ्ने र पहाडमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल–पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुनसक्ने भएकाले मौसम पूर्वानुमान महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
हाल देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।