काठमाडौं । साउन १५ गते । कृषक नेपालीहरुको विशेष दिन । नेपालीहरुले खीर खाएर साउन १५ मनाउँदै छन् ।
बर्खायामको झरीमा भिजेको शरीरलाई निरोगी बनाउन खीर खाने चलन चलेको बताइन्छ । खीरमा राखिएका विभिन्न मसलाले शरीरलाई उर्जामय राख्न महत्वपूर्ण भूमिका खेल्ने दावी गरिन्छ ।
यस दिन परिवारका सदस्य, इष्टमित्र, आफन्त, छरछिमेकीसँग बसेर खीरलगायत मिष्ठान्न परिकार खाने चलन छ ।
कृषकले असार १५ मा रोपाईँको महत्वपूर्ण र मध्य समय मान्दै दही ज्यूरा खाने चलन छ भने त्यही रोपाईँको चिसो पखाल्न विभिन्न मसलाले भरिएको खीर खाएर शरीरलाई पुनर्ताजगी गराउने चलन छ ।
यो दिन पुत्रदा एकादशी पनि परेको छ । ब्रत बस्नेहरुले भने खीर खान पाउने छैनन् ।
केहीले एकादशीमा नूनमात्र नखाने चलन पनि छ । त्यसका लागि फेरि खीर शुद्ध हुन जान्छ ।
त्यसैगरी बिहीबार अन्तर्राष्ट्रिय मानव बेचविखनविरुद्धको दिवस पनि परेको छ ।