arrow

ट्रकसंग ठोक्किएर कन्टेनर त्रिशूलीमा खस्यो

logo
प्रकाशित २०७७ साउन १५ बिहिबार
trisuli.jpeg

चितवन । विराटनगरबाट काठमाडौँतर्फ जाँदै गरेको मालबाहक कन्टेनर इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकबाट त्रिशूली नदीमा खसेर बिहीबार बिहान वेपत्ता भएको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार  ना ३ ख ८९८७ नम्बरको कन्टेनर  र काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख ५६८७ नम्बरको ट्रक एकापसमा सो स्थानमा ठक्कर खाँदा कन्टेनर त्रिशूलीमा खसेको हो । 

ट्रकका चालक भने सामान्य घाइते भएका छन् । प्रहरीका अनुसार उनको स्थानीय मेडिकलमा उपचार र कन्टेनरमा भाटभटेनी सुपरमार्केटको सामान रहेको जनाइएको छ । 

बेपत्ता कन्टेनरको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए । 



लोकप्रिय समाचार
नयाँ