बेइजिङ । दुई देशबीच सीमामा तनाव जारी रहँदा चीनले विश्वको बहुपक्षीय सहकार्यमा भारतको महत्वपूर्ण भूमिका रहेको बताएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले भारतले स्वतन्त्र कुटनीतिक नीति लिने भएकोले बहुपक्षी सहकार्यमा भारतको भूमिका महत्वपूर्ण हुने बताएका हुन् ।
विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनिबनले क्षेत्रीय शान्ति र स्थायीत्व, स्पष्ट गतिविधि, अन्तर्राष्ट्रिय मामिलामा मुख्य भूमिका खेल्ने बताएका छन् ।
भारतीय विदेशमन्त्री एस जयशंकरले भारत कसैको गठबन्धनमा नरहने अभिव्यक्ति दिएपछि चिनियाँ विदेश मन्त्रालयको प्रवक्ताको यस्तो अभिव्यक्ति आएको हो । जयशंकरले भनेका थिए, "भारत कहिल्यै पनि गठबन्धन प्रणालीको सदस्य हुनेछैन ।"
जयशंकरले सावधानी र निर्भरताको युग सकिएको उल्लेख गर्दै असंलग्न राष्ट्रको जोखिम स्वयंले लिनुपर्ने बताएका छन् ।