भारत र चीनको तनावकै बीच भारतले पठायो ताइवानमा प्रतिनिधी
एजेन्सी,
प्रकाशित २०७७ साउन १५ बिहिबार
56
Shares
काठमाडौं। गत महिना जुन १५ मा पूर्वी लद्दाखको गलवान भ्यालीमा भारतीय चिनियाँ आक्रमणमा २० भारतीय सेना मारिएपछि एक चीन नीतिको बिरुद्ध भारतले ताइवानसँगको सम्बन्धलाई सुदृढ बनाउँदै लगेको छ । चीनले भने अन्तराष्ट्रीयस्तरमा ताइवानलाई स्वतन्त्र मुलुकको रुपमा स्थापित हुन दिएको छैन ।
पछिल्लो समय चीन र ताइवानबीचको सम्बन्धमा तनाव छ । चीनले हङकङमा लागु गरेको नयाँ सुरक्षा कानुनपछि हङकङबाट शरण खोज्दै बाहिरिने हङकङबासीलाई ताइवानले शरण दिइरहेको छ ।
चीन-ताइवान सम्बन्ध बिग्रिएको मौकामा भारतले पनि ताइवानसँगको सम्बन्धलाई विशेष महत्व दिइरहेको छ।
भारतले अहिलेसम्म ताइवानमा कुनै औपचारिक कूटनीतिज्ञको नियुक्ति गरेको थिएन । तर, यसपटक भारतले ताइपेइमा आफ्नो प्रतिनिधि पठाएको छ ।
त्यसलाई भारतले इण्डिया-ताइपेइ एसोसियसनका प्रतिनिधिको रुपमा अघि बढाएको छ ।
एक चीन नीतिलाई कायम राख्दै ताइवानसँगको सम्बन्ध सुदृढ बनाउन भारतले ताइवानमा आफ्नो प्रतिनिधि पठाएको हो ।
ताइपेइका लागि नियुक्त भएका नयाँ दूत यसअघि भारतको विदेश मन्त्रालयका लागि अमेरिकी डिभिजनमा काम गरेका थिए ।
यससँगै भारत-ताइवानबीच प्रविधि, मेडिकल, वैज्ञानिक सहकार्यसँगै सांस्कृतिक र सामाजिक विषयमा सहकार्य गर्न सकिनेसमेत बताइएको छ ।