arrow

कुरिन्टारमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

logo
प्रकाशित २०७७ साउन १५ बिहिबार
prithvi-rajmarga.jpg

चितवन । पृथ्वीराजमार्ग अन्तर्गत कुरिन्टारमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ईच्छाकामना गाउँपालिका–४ कुरिन्टारमा बिहीबार बिहान ८ः५५ बजे पहिरो खस्दा सडक अवरुद्ध भएको हो । 

निरन्तरको वर्षाले पहिरो झर्दा सडक दुई तर्फी आवागमन बन्द भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए । 

उनका अनुसार वर्षा भइरहेकाले पहिरो पन्छाउने काम शुरु गर्न सकिएको छैन । 

पहिरो पन्छ्याउन केही समय लाग्ने जनाइएको छ ।



लोकप्रिय समाचार
नयाँ