arrow

तोलाको एक लाख पुग्न हजार बाकी

logo
प्रकाशित २०७७ साउन १५ बिहिबार
gold-jewellery.jpg

काठमाडौँ ।  कोभिड–१९ को महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मूल्य स्थानीय बजारमा बिहिबार पनि रूपमा बढेको छ । बिहिबार एक तोला सुनको मुल्य एक लाख पुग्न एक हजार रुपैयाँ बाकी रहेको छ ।

बुधबार प्रतितोला रु ९८ हजार ५०० मा कारोवार भएको पहेँलो धातुमा बिहिबार रु ५०० ले वृद्धि भएको हो । 

बिहिबार बजार खुल्नेबित्तिकै छापावाल सुनको मूल्य प्रतितोला रु ९९ हजार कायम भएको छ भने सोही परिमाणको तेजाबी सुनको मूल्य रु ९८ हजार ५६० निर्धारण गरिएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबारको तुलनामा बिहिबार चाँदीको मूल्य रु २० ले घटेको छ । एकतोला सेतो धातुको मूल्य बिहिबार रु एक हजार २२५ निर्धारण भएको छ । 

कोभिड–१९ को सङ्क्रमण रोक्न बन्दाबन्दी लागू गरिएयता जेठ २५ गते एक तोला सुनको मूल्य १० हजार ४०० ले बढेर रु ८७ हजार पुगेको थियो । त्यसयता सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ । 

अन्तर्राष्ट्रिय बजारमा बिहिबार सुन प्रतिऔँस १९६२।१५ डलर कायम भएको छ । गत आइतबार सोही परिमाणको सुन १९०१।६० मा कारोवार भएको थियो । 



लोकप्रिय समाचार
नयाँ