नेपालगन्ज । नेपालगन्जमा २७ लाई कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमित मध्ये नेपालगन्ज स्थित राजश्व कार्यालयका थप ११ जना कर्मचारी रहेका छन् । भेरी अस्पताल नेपालगन्जले जानकारी दिए अनुसार राजश्व कार्यालय नेपालगन्जमा कार्यरत कर्मचारी मध्ये बाँके जिल्लाका ४ जना , सुर्खेतका २ जना , प्युठानका १ , बर्दियाका १, अर्घाखाँचीका १, कन्चनपुरका १ र सर्लाहीका १ जना गरि जम्मा ११ जनालाई कोरोना संक्रमण भएको हो ।
यसैगरी नेपालगन्ज उपमहानगरपालिकाका थप १६ जना स्थानीयलाई कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालका अनुसार नेपालगन्ज उपमहानगरपालिकाको । वडा नम्बर १०, ११, १३ र १९ का ५ जना महिलाहरुसहित ११ जना पुरुषहरुमा संक्रमण भएको छ ।
भेरीमै गरिएको परिक्षणमा बर्दियाका ७ र दाङका २ जनामा समेत कोरोना संक्रमण पुष्टि भएको छ ।