काठमाडौं ।सरकारले ३० हजार मेट्रिक टन चिनी आयातका लागि अनुमति दिएको छ । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय मातहतका नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनलाई सरकारले ३० हजार मेट्रिक टन चिनी आयात गर्न अनुमति दिएको हो ।
उक्त चिनी आयात गर्दा ५० प्रतिशत भन्सार महसुल छुट दिइने निर्णय गत सोमबार बसेको मन्त्रीपरिषदको बैठकले निर्णय गरेको बिहीबार अर्थ, सूचना प्रविधि तथा सञ्चार मन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।
मन्त्रीपरिषदले गरेका निर्णयहरु सार्वजनिक गर्न आयोजित गरिएको नियमित पत्रकार सम्मेलनमार्फत ५० प्रतिशत भन्सार महसुल छुटमा ३० हजार मेट्रिक टन चिनी आयात गर्ने अनुमति दिने निर्णय गरिएको खतिवडाले बताए ।