काठमाडौं । कोरोना महामारीका कारण उत्पन्न परिस्थितिले लगानीको वातावरण खुम्चिएपछि नेपाल राष्ट्र बैंकले बैंकहरुसँग रहेको तरलता (लगानी योग्य पुँजी) बाट २० अर्ब रुपैयाँ खिच्ने भएको छ ।
लगानीका क्षेत्र खुम्चिएपछि बैंकहरुसँग अधिक भएको तलरता रिभर्स रिपोमार्फत राष्ट्र बैंकले बिहीबार खिच्न लागेको हो । त्यसका लागि राष्ट्र बैंकले बिहीबार ७ दिने रिभर्स रिपो जारी गरेको छ ।
बैंकहरुसँग तरलता कम भएपछि राष्ट्र बैंकले त्यसको व्यवस्थापनको लागि रिपो जारी गर्ने गरेको छ ।