arrow

अवरुद्ध पृथ्वीराजमार्ग दुईतर्फी खुल्यो

logo
प्रकाशित २०७७ साउन १५ बिहिबार
prithvi-rajmarga.jpg

मुग्लिन । पहिराका कारण अवरुद्ध पृथ्वीराजमार्ग  दुईतर्फी  सञ्चालनमा  आएको  छ । अविरल वर्षासँगै  सो राजमार्गअन्तर्गत  चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा पहिरो खस्दा बिहान ८:५५ बजेदेखि  सडक दुईतर्फी अवरुद्ध बनेको थियो ।  
 
 एक्साभेटर लगाएर पहिरो हटाएपछि अहिले सडक पूर्णरुपमा सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । बिहान निरन्तर पानी परेकाले पहिरो हटाउन समय लागेको थियो ।



लोकप्रिय समाचार
नयाँ