arrow

काठमाडौंमा बढे संक्रमित, थप तीन जनाको मृत्यु

थप २७४ जनामा कोरोना संक्रमण,२२७ जना डिस्चार्ज

logo
प्रकाशित २०७७ साउन १५ बिहिबार
corona-nepal-ministry.JPG

काठमाडौं । काठमाडौंमा संक्रमितको संख्या बढेको छ । काठमाडौं उपत्यकाकामा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४१ तथा भक्तपुर र ललितपुरमा दुई-दुई जना गरी ४५ जनामा संक्रमण देखिएको हो । 

साथै नेपालमा थप २७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा बिहिबार यहाँ आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा छ हजार ३०४ जनाको नमूना परीक्षण गर्दा २७४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । 

यो सँगै संक्रमितको सङ्ख्या १९ हजार ५४७ पुगेको छ । नेपालमा हालसम्म पीसीआर विधिबाट तीन लाख ६४ हजार ६४८ जनाको परीक्षण भएको छ ।

कोरोना भाइरस संक्रमणबाट हालसम्म ५२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप तीन जना संक्रमितको मृत्यु भएको प्रवक्ता डा गौतमले जानकारी दिए ।

प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप २२७ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।  योसँगै निको भएर घर फर्किनेको सङ्ख्या १४ हजार २४८ पुगेको छ । उनका अनुसार १३ हजार १०२ जना क्वारेन्टिनमा र पाँच हजार २२७ जना आइसोलेशनमा रहेका छन् । मुलुकभर पाँच हजार २२७ सक्रिय संक्रमित छन् । 



लोकप्रिय समाचार
नयाँ