जानकी मन्दिरको माटो पशुपतिमा पुजा गरि राममन्दिरको शिलान्यासमा अयोध्या पठाइने
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ साउन १५ बिहिबार
107
Shares
धनुषा। रामजन्मभूमि अयोध्यामा राम मन्दिरको शिलान्यासकाे लागि जानकी मन्दिर जनकपुरको माटाे पठाइने भएकाे छ।
रामजन्मभूमि अयोध्यामा ५ अगस्तमा हुने मन्दिरको शिलान्यासमा माता जानकी मन्दिर जनकपुरको माटो पठाउने राष्ट्रिय एकता अभियानले जनाएको छ। अभियानका अध्यक्ष बिनय यादवले जनकपुरस्थित जानकी मन्दिरबाट माटो लिएको जनायँदै त्यसलाई अयोध्या पठाउने तयारी भएको बताए।
अभियानका सदस्य मनीष हिन्दूले मन्दिरबाट लिएको माटो पशुपतिनाथमा पूजा अर्चना गरी अयोध्याको लागी पठाइने बताए।