काठमाडौं । भारतमा कोरोना भाइरसका संक्रमितहरु निकै बढेका छन् । आइतबारसम्म निरन्तर ५० हजारको हाराहारीमा संक्रमित थपिँदै गइरहेकामा बिहीबार अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित भेटिएका छन् ।
बिहीबार ५४ हजार ७५० जना संक्रमित थपिएका छन् । यो अहिलेसम्मकै बढी हो । बुधबार ५२ हजार २६३ जना संक्रमित भएका थिए । मंगलबार ४९ हजार ६३२ जना संक्रमित भएका थिए । सोमबार ४६ हजार ४८४ जनालाई संक्रमण भएको थियो ।
आइतबार ४८ हजार ९३२ जना संक्रमित थपिएका थिए । शनिबार ४८ हजार ४७९ जना, शुक्रबार ४८ हजार ८९२ तथा बिहीबार ४८ हजार ४४६ जना संक्रमित थपिएका थिए ।
अहिलेसम्म भारतमा कोरोना भाइरस संक्रमित १६ लाख ३९ हजार ३५० जना पुगेका छन् । मृतक ३५ हजार ७८६ पुगेका छन् । बिहीबार ७८३ जनाको ज्यान गएको छ । बुधबार ७७५ जनाको ज्यान गएको थियो । मंगलबार ७७० जनाको ज्यान गएको थियो । सोमबार ६३६ तथा आइतबार ७०४ जनाको ज्यान गएको थियो ।
हाल ५ लाख ४४ हजार ४८ जना सक्रिय संक्रमित रहेका छन् । बिहीबार ३७ हजार ४२५ जनालाई निको भएको छ । यो एकै दिनको अहिलेसम्मकै सबैभन्दा धेरै हो । बुधबार ३२ हजार ८२९ जनालाई निको भएको थियो । मंगलबार ३५ हजार ६७१ जनालाई निको भएको थियो ।
सोमबार ३४ हजार ४४४ जनालाई निको भएको थियो । आइतबार ३१ हजार ५०२ लाई निको भएको थियो । हालसम्म १० लाख ५९ हजार ९३ जनालाई निको भइसकेको छ ।