arrow

जगदम्बा इन्टरप्राइजेजका सीइओ एमआर शर्माको कोरोनाबाट मृत्यु, कति पुगे कोरोनाबाट ज्यान जाने ?

logo
प्रकाशित २०७७ साउन १६ शुक्रबार
jagasakti-ceo.jpg

काठमाडौं । जगदम्बा इन्टरप्राइजेजका सीइओ एमआर शर्माको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । भारतीय नागरिक उनको वीरगञ्जस्थित कोभिड अस्पतालमा मृत्यु भएको हो । 

१० दिनदेखि उपचाररत उनको बिहीबार राति मृत्यु भएको हो । ६५ वर्षीय शर्मा लामो समयदेखि जगदम्बा ग्रुपसंग आवद्ध रहेका थिए । 

यस्तो छ नेपालमा कोरोनाको अवस्था
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५४ पुगेको छ । शर्मा र वीरगञ्ज–१६ नगवाका ३५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएसंगै मृतकको संख्या ५४ पुगेको हो । 

मंगलबार अस्पताल आइपुगेका उनको स्वाबको नमुना लिएर परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको बताईएको छ ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार देशभर कोरोना संक्रमितको संख्या १९ हजार ५ सय ४७ पुगेको छ । 

मन्त्रालयले हाल ५ हजार २ सय २७ जना सक्रिय संक्रमित रहेको जनाएको छ । बाँकीमध्ये ५४ को मृत्यु हुँदा १४ हजार २ सय ४८ जना निको भएर घर फर्केका छन् । 

सरकारले असार १५ देखि दैनिक १० हजार भन्दा बढीको पीसीआर परीक्षण गर्ने भने पनि अहिलेसम्म ७ हजार पनि नाघेको छैन । सरदर चार हजारको पीसीआर गर्दै आएको सरकारले जनतालाई अलमलमा राखिरहेको आरोप लाग्दै आएको छ । 



लोकप्रिय समाचार
नयाँ