arrow

इनफ इज इनफका अभियानकर्मीमाथि धरपकड सुरु, कार्यक्रमअघि रञ्जु दर्शना पक्राउ

logo
प्रकाशित २०७७ साउन १६ शुक्रबार
ranju-darshana-arrest.JPG

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को उपचार र परीक्षणलाई व्यवस्थित गर्न माग गर्दै १४ दिनदेखि आमरण अनसनमा बसेका ‘इनफ इज इनफ’ का अभियन्ताहरुको कार्यक्रमसंग ऐक्यवद्धता जनाउन बालुवाटार पुगेकाहरु पक्राउ परेका छन् । 

कार्यक्रम सुरु हुनुअघि नै धर्ना बस्न पुगेका विवेकशील नेपाली दलकी केन्द्रीय सदस्य रञ्जु दर्शनासहित थुप्रैलाई प्रहरीले पक्राउ गरेको हो । 

बालुवाटारमा खडा हुन समेत प्रहरीले दिएको छैन । नवराज उप्रेतीसहित ६ जना पक्राउ परिसकेका छन् । 

बालुवाटार पुगेका उनीहरुलाई प्रहरीले तितरवितर गर्ने प्रयास गरेको छ । गैर दलबाट सरकारको क्रियाकलापको भण्डाफोरमा लागेको इनफ इज इनफको समूहमाथि प्रहरीले पटक पटक ज्यादती गर्दै आएको छ । 


 



लोकप्रिय समाचार
नयाँ