arrow

बालुवाटारबाट प्रहरीले सय बढीलाई गर्यो पक्राउ

logo
प्रकाशित २०७७ साउन १६ शुक्रबार
enough-is-enough2.jpg

काठमाडौं । ‘इनफ इज इनफ’को सत्याग्रहमा ऐक्यवद्धता जनाउन बालुवाटार पुगेकालाई धर्ना बस्नुअघि नै प्रहरीले पक्राउ गरेको छ ।

अभियन्ता विजयबाबु शिवाकोटीका अनुसार सय बढीलाई पक्राउ गरेको हो। उनका अनुसार पक्राउ परेका ४० जनालाई कमलपोखरी वृत्तमा राखिएको छ । अन्य दर्जनौलाई महाराजगञ्ज, दरबारमार्ग, महेन्द्र पुलिस क्लब लगायतमा राखिएको छ। 

शिवाकोटीका अनुसार प्रहरीले करिब एक सय जना जतिलाई पक्राउ गरेको हो। पक्राउ परेकामा सडकमा हिँडिरहेका पनि परेका छन् ।

शान्तिपूर्ण प्रदर्शनका क्रममा यूथ कांग्रेस नेपालका केन्द्रीय संयोजक सचिन तिमल्सिना, केन्द्रीय सदस्य विधुत लामिछाने र मनोज पुरीसँगै युथ कांग्रेस नेपाल बाग्मती प्रदेशका संयाेजक दिपेश तामाङ सहित युथ कांग्रेस नेपालका सदस्यहरूलाई प्रहरीले गिरफ्तार गरेको भुवन चालिसेले जानकारी दिए।

प्रहरीले इनफ इज इनफको सत्याग्रहमा ऐक्यवद्धता जनाउन जानेसँगै सडकमा हिँडेकालाई समेत पक्राउ गरेपछि प्रहरीको चर्को आलोचना भएको छ । प्रहरीले भने माथिको आदेश भन्दै सबैलाई पक्राउ गरेको बताएको छ ।

इनफ इज इनफका अभियानकर्मीमाथि धरपकड सुरु, कार्यक्रमअघि रञ्जु दर्शना पक्राउ



लोकप्रिय समाचार
नयाँ