arrow

कुलेखानीबाट दैनिक १०६ मेगावाट विद्युत् उत्पादन

logo
प्रकाशित २०७७ साउन १६ शुक्रबार
kulekhani-dam-1.jpg

मकवानपुर । वाग्मती प्रदेशको मकवानपुरमा स्थापित कुलेखानी जलविद्युत् आयोजना प्रथम, दोस्रो र तेस्रोबाट उत्पादित विद्युत्ले ग्राहकको मागलाई सहज आपूर्ति गरिरहेको छ ।

सो आयोजनाको कुलेखानी प्रथमबाट ६०, दोस्रोबाट ३२ र तेस्रोबाट १४ गरी १०६ मेगावाट विद्युत् नियमित उत्पादन हुँदै आएको कुलेखानी जलविद्युत् आयोजना प्रथमले जनाएको छ । आयोजना प्रथमका अनुसार केही दिनदेखि आएको वर्षाका कारण कुलेखानीको इन्द्रसरोवर जलासयमा पानी भरिन अझै १८ मिटरको सतह बाँकी रहेको छ । 

इन्द्रसरोवर जलासयमा साउन १५ गते राति १२ बजेसम्ममा १५१८.५२ पानीको सतह थियो भने आज अपराह्न ४ बजेसम्ममा १५१८.३५ सतहसम्म मात्र पानी रहेको छ । हिजोको तुलनामा आज १७ सेन्टिमिटर पानी घटेको पाइएको कुलेखानी जलविद्युत् आयोजना नियन्त्रण कक्षका इन्चार्ज रामकुमार चौधरीले जानकारी दिए । 

कुलेखानी जलासयमा पानी सतह बढ्दै जाँदा अहिले कूल क्षमताअनुसार विद्युत् उत्पादन गर्दै आएको सो आयोजनाले जनाएको छ । कुलेखानी जलविद्युत्बाट उत्पादित विद्युत् हेटौँडा औद्योगिक क्षेत्रलगायत देशका विभिन्न शहरमा आपूर्ति भइरहेको र अब विद्युत् उत्पादन निरन्तररूपमा भइरहने पनि कुलेखानी प्रथम आयोजनाका प्रबन्धक धीरेन्द्र चौधरीले बताए । 

वर्षात्का पानीबाट इन्द्रसरोवर जलासयमा पानीको सतह भरिएपनि विद्युत् उत्पादनको लागि नियमित तीन वटै आयोजनाको मेसिन सञ्चालनमा ल्याइएकाले कुनै खतरा उत्पान्न नहुने पनि जानकारी दिए ।



लोकप्रिय समाचार
नयाँ