काठमाडौं । मदिराको सट्टा स्यानिटाइजर घुट्काउँदा के होला ? धेरैको अनुमान छ कि स्यानिटाइजरमा पनि अल्कोहल नै हुन्छ । फेरि मदिरा र स्यानिटाइजरमा के फरक पर्यो ।
त्यही गलत सोचका कारण १० जनाको अकालमा ज्यान गएको छ । घटना हो भारतको आन्द्र प्रदेशको ।
आन्द्र प्रदेशको कुरिछेदु गाउँमा लकडाउनको कारण मदिरा पसल बन्द भएपछि मदिराको सट्टा स्यानिटाइजर पिएका थिए ।
एसपी सिद्धार्थ कौशलका अनुसार केही मानिसहरुले सफ्ट ड्रिन्कमा स्यानिटाइजर मिसाएर पिउँदै आएका थिए ।
पुलिसका अनुसार छानबिनका क्रममा उनीहरुले बिगत १० दिनदेखि स्यानिटाइजर खाइरहेका थिए ।
यो घटनापछि शहरमा बिक्री भइरहेका स्यानिटाइजरको जाँच गरिने भएको छ ।