arrow

ब्रजिलमा २४ घन्टामा ५२ हजारभन्दा बढी सङ्क्रमित

logo
एएनआई,
प्रकाशित २०७७ साउन १७ शनिबार
manaus-brazil-police-killed-drug-traffickers.jpg

रियो डि जानेरो। ब्रजिलमा पछिल्लो २४ घन्टामा ५२ हजारभन्दा बढी कोरोना भाइरसका सङ्क्रमित थपिएका छन्। ब्राजिलमा २४ घन्टा यता मात्र करिब ५२ हजार ३८३ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको प्राप्त पछिल्लो समाचारमा जनाइएको छ। योसँगै यहाँ सङ्क्रमितको संख्या कम्तीमा पनि २६ लाख पुगेको ब्राजिलको स्वास्थ्य मन्त्रालयले जनाएको छ। अधिकारीहरुले जनाएअनुसार यहाँ सङ्क्रमितको पछिल्लो संख्या २६ लाख ६६ हजारभन्दा बढी पुगेको छ। 

गएको २४ घन्टामा यहाँ १ हजार २१२ जनाको कोरोना भाइरसका कारण निधन भएको छ। शुक्रबार दिइएको जानकारीअनुसार यहाँका ९२ हजार भन्दा बढीले कोरोनाकै कारण ज्यान गुमाएका छन्।

यहाँका ९२ हजार ५६८ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएका बताइएको छ । तर यहाँ पछिल्लो समयमा सङ्क्रमितको संख्यामा भने केही कमी आएको छ। गत बिहीबारको परीक्षणको तुलनामा यहाँ संक्रमित घटेका हुन् । बिहीबार यहाँ ६९ हजारभन्दा बढी सङ्क्रमित देखिएकोमा शुक्रबार यो संख्यामा कमी आएको हो।

ब्राजिल अमेरिकापछि सबैभन्दा बढी कोरोना प्रभावित देश हो। यहाँ अझै ठूलो संख्यामा नागरिक सङ्क्रमित भएको आशंका गरिएको छ। तर पनि परीक्षणको संख्या बढाउनुपर्ने उनीहरुको भनाई छ।

यसै कारणले पनि यहाँ ठूलो संख्यामा संख्यामा फैलिएको बताउने गरिएको छ । ब्राजिलमा दैनिक ५० हजारभन्दा बढी मानिस सङ्क्रमित हुने गरेका छन्। 
यहाँको स्वास्थ्य मन्त्रालयलका अनुसार यहाँका १८ लाखभन्दा बढी मानिस भने निको भएर घर फर्किएका बताइएको छ।



लोकप्रिय समाचार
नयाँ